१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर विमानस्थल डुबानमा, उडान अबरुद्ध



अ+ अ-

काठमाडौँ। लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका छन् । उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । आन्तरिक उडानका दुवै ठूला एयरलाइन्सले सूचना निकालेर काठमाडौँदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका हुन् । यो गन्तव्यमा बुद्ध एयरको दैनिक ११ देखि १३ उडान हुन्थ्यो । विराटनगरको विकल्पमा भद्रपुरमा उडान थप्ने क्रममा रहेको सो एयरलाइन्सले जनाएको छ । भद्रपुर विमानस्थबाट यात्रुले आवतजावत गर्न सक्नेछन् । बुद्धले भद्रपुरमा दैनिक पाँच उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा अब यात्रुको माग अनुसार केही उडान थप्न लागिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो ।

स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् । हाल भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा विगत चार दिनदेखि बदली र वर्षा भइरहेको छ ।

हाल देशको प्रदेश नं १ प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ का थोरै र प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज काठमाडौँको अधिकतम २१ दशमलव आठ र न्यूनतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस छ ।रासस