१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा गोरु काटेको आरोपमा १३ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

रोल्पा । रोल्पा प्रहरीले गोरु काटेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । 

रुन्टिगढी गाउँपालिका-१ लापालका २० वर्षीय आकाश घर्ती मगरलगायत १३ जनालाई गोरु काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ८० केजी गोरुको मासु भागबन्डा गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।  

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।