१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाले १०० उडान रद्ध, विराटनगर विमानस्थल बन्द



अ+ अ-

काठमाडौं । अविरल वर्षाका कारण देशभर करिब १०० हवाई उडानहरू रद्द गरिएको नेपाल उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताएका छन् ।

सोमवार र मङ्गलवार दुई दिनको अविरल वर्षाका कारण देशको विभिन्न भागमा हवाई उडान अवरुद्ध हुनुका साथै विराटनगर विमानस्थल डुबेको छ ।

काठमाण्डूबाट उड्ने बुद्ध एयरको १३ वटा, तारा एयरको १३ वटा, गुण एयरको तीन वटा, सौर्य एयरको छ वटा, श्री एयरको दुई वटा र नेपाल एयरलाइन्सको पाँच वटा उडान रद्द भएको बताइएको छ । बीबीसी