१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो गाडी दुघर्टना भएको हो । सो घटनामा परी बोलेरो चालक चौरीदेउराली गाउँपालिका–४ बस्ने वर्ष ४९ का कमल श्रेष्ठ घाइते भई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार गाडी सडकबाट अन्दाजी ३०० मिटर तल खसेको छ । शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । मृतक श्रेष्ठ चौरीदेउराली गाउँपालिका–४ छेडास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको जनाएको छ ।