२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनदेखि अवरुद्ध पहलमानसिंह स्वाँर राजमार्ग खुल्यो



अ+ अ-

डोटी । अविरल वर्षाका कारण सिलगढी–साँफे सडकखण्डमा पहिरो आउँदा तीन दिनदेखि अवरुद्ध भएको पहलमानसिंह स्वाँर रामजमार्ग पुनःसञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार सिलगढी–साँफे सडकअन्तर्गत डोटीको उडितोलामा गएको पहिरो गए राति पन्छाएपछि यहाँको राजमार्ग खुलेको हो । राजमार्ग अवरुद्ध भएपछि तीन दिनदेखि अलपत्र परेका सवारी साधन तथा यात्रु अहिले आ आफ्नो गनतव्यतिर लागेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले अवरुद्ध भएको उक्त राजमार्ग खुलाएको हो । यसैगरी डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने डा केआइसिंह राजमार्गका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उक्त राजमार्गको कालागाढ, अड्यौल, बानीडुग्रीसैनलगायतका ठाउँमा आएका पहिरो पन्छाइसकिएको र अब डडेल्धुरा क्षेत्रमा पर्ने ठाउँमा आएको पहिरो पन्छाउने काम भइरहेकाले सम्भवःत आज साँझसम्म उक्त राजमार्ग पनि खुल्नेछ । वर्षा र बाढी पहिराले अहिलेसम्म जिल्लामा १४ जनाको ज्यान गइसकेको छ भने ग्रामीण क्षेत्रका दजनौँ सडक अवरुद्ध भएका छन् ।