१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख



अ+ अ-

कञ्चनपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती  ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने भएको हो ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतक परिवारको आश्रित हकवालालाई रु दश लाखका दरले राहत रकम उपलब्ध गराइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले बताउनुभयो । “जति छिटो कागजी आवश्यक प्रक्रिया पूरा हुन्छ । त्यति छिटो राहत रकम उपलब्ध गराउछौँ”, उहाँले भन्नुभयो । कागज पत्र पेश हुनासाथ तत्कालै अनलाइन बैंकमार्फत भुक्तानी गरिने उहाँले बताउनुभयो ।

 “मृतक परिवारलाई किरिया खर्चबापत रु ५० हजार रकम एक, दुई दिनभित्रै उपलब्ध गराउँदै छौँ”, उहाँले भन्नुभयो । बुधबार बिहान हात्तीको आक्रमणबाट कार्की दम्पतीको घर आँगनमै मृत्यु भएको थियो । शुक्लाफाँटा नगरपालिकाले समेत मृत्यु भएका परिवारका हकवालालाई जनही रु २५ हजारका दरले किरिया खर्च उपलब्ध गराउने भएको छ । विपद् व्यवस्थापन समितिको बैठक राखेर निर्णय गरी रकम उपलब्ध गराइने नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । दुई वर्षअघिसमेत नगरपालिकाको वडा नं १ बन्साहमा हात्तीले एक जना स्थानीयवासीको ज्यान लिएको थियो ।