१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति



अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मङ्गलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा बलवा नगरपालिकामा पाँच, भङ्गहा नगरपालिकामा चार र मनरा नगरपालिकामा दुई जनाको घर भत्किएको हो ।
    
यसरी तीन स्थानीय तहमा ११ जनाको कच्ची, खपटाले छाएको र बाँसको टाटी (घेराबेरा) लागेको घर भत्किँदा घरसहित भित्र रहेका अन्नपात, भाँडाकुडा र अन्य वस्तुसमेत क्षति भएका उहाँको भनाइ थियो। रासस