१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामलिङ्ग कम्पनीको आइपिओ खुल्यो



अ+ अ-

काठमाडौं । सामलिङ्ग पावर कम्पनीले कात्तिक ४ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये छ लाख ७८ हजार ९०० कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ भने २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

शेयर भर्न चाहने व्यक्तिले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

कम्पनीको आईपीओलाईे इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उक्त सेयरमा सर्वसाधारणले ८ कात्तिकसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा १८ कात्तिक सम्म आवेदन मिति बढ्ने कम्पनीले जनाएको छ ।