१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति शर्मासँग युरोपेली संघ प्रतिनिधिमण्डलको भेट



अ+ अ-

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजले जङ्गी अड्डामा शिष्टाचार भेट गर्नु भएको छ ।

बिहीबार प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले गरेको छ ।