१७ आश्विन २०८१, बिहीबार
,
Latest
रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण राजदेवी मन्दिर डुबानमा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ र पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेकाे पहलमा स्थापित पद्मश्री साधना सम्मान २०७७ बाट भजन शिरोमणि भक्तराज आचार्य सम्मानित हुनु भएको छ । उहाँलाई यो सम्मान बुधबार आयोजित एक कार्यक्रमबीच खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा प्रदान गर्नुभयो ।

पद्मश्री साहित्य पुरस्कार-२०७७ आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । उक्त पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ छ ।

पुरस्कार वितरण समाराेहमा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आगामी वर्षबाट तीन लाख रुपैयाँ राशिकै पद्मश्री समाज सम्मानबाट पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने बताउनु भयो । प्रतिष्ठानले प्रत्येक कोजाग्रत पूर्णिमाका दिन सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानका सदस्य सचिव रवीन्द्र समीरले प्रतिष्ठानको आगामी वर्ष उत्कृष्ट कृति छनोटका संयोजक राम लोहनीले चैत मसान्तसम्म प्रकाशन भएका नयाँ कृतिहरू २०७९ वैशाखभित्र उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

आगामी वर्षका लागि कृति छनोट गर्न लोहनीको संयोजकत्वमा कुमारी लामा र नयनराज पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ ।