१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ र पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेकाे पहलमा स्थापित पद्मश्री साधना सम्मान २०७७ बाट भजन शिरोमणि भक्तराज आचार्य सम्मानित हुनु भएको छ । उहाँलाई यो सम्मान बुधबार आयोजित एक कार्यक्रमबीच खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा प्रदान गर्नुभयो ।

पद्मश्री साहित्य पुरस्कार-२०७७ आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । उक्त पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ छ ।

पुरस्कार वितरण समाराेहमा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आगामी वर्षबाट तीन लाख रुपैयाँ राशिकै पद्मश्री समाज सम्मानबाट पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने बताउनु भयो । प्रतिष्ठानले प्रत्येक कोजाग्रत पूर्णिमाका दिन सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानका सदस्य सचिव रवीन्द्र समीरले प्रतिष्ठानको आगामी वर्ष उत्कृष्ट कृति छनोटका संयोजक राम लोहनीले चैत मसान्तसम्म प्रकाशन भएका नयाँ कृतिहरू २०७९ वैशाखभित्र उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

आगामी वर्षका लागि कृति छनोट गर्न लोहनीको संयोजकत्वमा कुमारी लामा र नयनराज पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ ।