३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गालीगलौज गर्नेविरुद्ध रेखा थापाले दिइन् प्रहरीमा उजुरी



अ+ अ-

काठमाडौं । अभिनेत्री रेखा थापाले आफूहरुको चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । 

थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध उजुरी दर्ता गराएकी हुन् ।

आफूसहित ऋचा शर्मा लगायत नायिकाहरुलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै साइबर ब्युरोमा रेखाले उजुरी दिएकी हुन् ।

पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ ।

यसैबीच, ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको प्रहरीले जनाएको छ ।