१५ असार २०८३, सोमबार
,
Latest
सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीका कार्यकर्ताबाट खानेपानी संस्थान जनकपुरका प्रमुख माथी कुटपिट, हिलो दलेर बजार घुमाइयो (भिडियो सहित)



अ+ अ-

जनकपुर ।  सिके राउत नेतृत्वमा रहेको जनमत पार्टीका कार्यकर्ताले जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाउँदै हिलो दलेर नगर घुमाएका छन् ।

ढल निर्माणमा अनियमितता गरेको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले निमित प्रमुख कुशवाहालाई बिहीबार अर्धनग्न गरेर नगर घुमाएका हुन्। ढल निर्माणमा अनियमितता गर्दै गुणस्तरहिन काम गरेका कारण अविरल वर्षामा जनकपुरधाम जलमग्न भएको आरोप जनमत पार्टीका कार्यकर्ताहरुले लगाएका छन् ।

जनकपुरको रामानन्दचोकमा रहेको खानेपानी संस्थानको कार्यालयमा लाठी भाटासहित प्गेका जनमत पार्टीका कार्यकर्ताहरुले निमित प्रमुख कुशवाहालाई कार्यकक्षबाट तानेर कुटपिटसमेत गरेका थिए। उनीहरुले निमित्त प्रमुख कुशवाहाको कपडा च्यातेर अर्धनग्न बनाइ नालामा रहेको हिलो दलेर जनकपुर घुमाएका हुन्।