१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेमोक्रयाट पार्टीको केन्द्रीय सदस्यमा अर्जुन हमाल निर्वाचित



अ+ अ-

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यको डेमोक्रयाट पार्टीको केन्द्रीय सदस्यमा अर्जुन हमाल निर्वाचित हुनु भएको छ । डेमोक्रयाट पार्टीको डिष्ट्रिक ८ मा  एमिली कुकले ( डेमोक्रयाट पार्टीका रजिस्टर्ड मतदाताले प्रत्यक्ष मतदान मार्फत निर्बाचित गरेका थिए (  पद त्याग गर्ने घोषणा गरेपछि खाली भएको केन्द्रीय सदस्यको पदमा निर्वाचित गर्ने विषयमा केन्द्रित रहेर पार्टीका विभिन्न तहका नेताहरुले दर्जन भन्दा वढी प्रश्न मार्फत हमालको अन्र्तवार्ता समेत लिएका थिए । 

अमेरिकामा राजनीति दलहरुले कोही पदाधिकारीले आकस्मिक रुपमा पदवाट राजीनामा दिएको खण्डमा वा कुनै कारण ले पद रिक्त रहेको खण्ड मा निर्वाचित केन्द्रीय सदस्यहरुले रिक्त पदमा पदपूर्ति गर्न निवेदन आव्हान गर्ने गर्छन् । सोही प्रक्रिया र मापदण्डका आधारमा हमाललाई केन्द्रीय सदस्यमा निर्वाचित गरिएको हो । 

मेरिल्याण्ड राज्यमा एएपिआईको केन्द्रीय सदस्यको रुपमा समेत काम गरिसक्नु भएका हमालले मंगलवार डेमोक्रयाट पार्टीको केन्द्रीय सदस्यको रुपमा शपथ ग्रहण गर्नु भएको छ । 
मेरिल्याण्ड राज्यमा विगत १६ वर्ष देखि वस्दै आउनु भएका हमाल विभिन्न सामाजिक  क्रियाकलापमा संलग्न रहनु भएको छ । पार्टीको केन्द्रीय सदस्यहरुलाई समेत निर्वाचित प्रतिनिधीको रुपमा जनताको काममा समर्पित गराउन राज्य सरकारको तर्फवाट शपथ ग्रहण गराउने र आधिकारिक प्रमाणपत्र समेत प्रदान गरिन्छ । हमालले अब नेपाली मूल का पहिलो निर्बाचित डेलिगेट भण्डारी संगै पार्टी केन्द्रिय समिति मा काम गर्नु हुनेछ।  

पार्टीको केन्द्रिय समितिमा  प्रवेश गर्नु भएकोमा मेरिल्याण्ड मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट हयारी भण्डारीले एक बिज्ञप्ति जारि गर्दै भन्नुभएको छ –  हमाललाई हार्दिक वधाई ज्ञापन गर्दे आगामी दिनमा थप उपलब्धिका लागि समेत शुभकामना व्यक्त गर्न चाहन्छौं ।