१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरुद्ध कारवाही हुने



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी शान्ति खल्बल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारवाही गर्ने जनाएको छ ।
 
ब्यूरोले आज एक सूचना जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी युट्युव, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्वीरहरू अपलोड गरेको भन्दै त्यस्ता व्यक्तिमाथि कारवाही गर्ने चेतावनी दिएको हो ।
 
उनीहरूले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने गरी गतिवधि गरेको ब्यूरोले जनाएको छ । समाजमा उत्तेजना फैलाउने, सामाजिक सद्भाव खल्बल्याउने र पीडितको गोपनीयताको हकको हनन् गरी सामाजिक तथा मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पुर्याउने किसिमका गतिविधि देखिएको ब्यूरोको सूचनामा उल्लेख छ ।
 
सूचनामा त्यस्ता क्रियाकलाप विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी दिइएको छ ।




भर्खरै