काठमाडौँः नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बैंकका अनुसार मुख्य परिवत्र्य मुद्रा अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ४८ पैसा र बिक्री दर १२० रुपैयाँ ८ पैसा रहेको छ ।
यसैगरी युरो १ को खरिद दर १३९ रुपैयाँ ५ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिद दर १६४ रुपैयाँ ७६ पैसा र बिक्री दर १६५ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेरौं सटही दर