१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बाढीपहिरो पीडितलाई राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा



अ+ अ-

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । 

बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणका गएका प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएपछि राहत प्याकेज घोषणा गर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवा बिहीबार यता आएका थिए । उनी शुक्रबार धनगढी हुँदै काठमाडौं फर्किंदैछन् ।