१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनले जे भन्छ, त्यही हुन्छ : प्रधानमन्त्री देउवा



अ+ अ-

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाखमा अर्ली इलेक्सनबारे गठबन्धनले नेताहरुसँग परामर्श गर्ने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले अर्ली इलेक्सनबारे सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका हुन् । 

 ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ, प्रधानमन्त्री देउवाले भने ।’

केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अर्ली इलेक्सनको कुरा गरेका थिए । अर्ली इलेक्सनको बहस चले पनि बैशाख अघि स्थानीय तहको चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता छ ।

यता नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही नेताहरुले पहिले बैशाखमा संघको निर्वाचन गरेर मंसिरमा स्थानीय तह र प्रदेशको निर्वाचन गराउनुपर्ने मत राख्दै आएका छन् ।