२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको निर्वाचन मलाई थाह हुन्, समितिलाई थाह हुन्छ : देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको निर्वाचन आफुलाई थाह नहुने बताएका छन् । नेपाली कांग्रेसका सभापती समेत रहेका देउवाले शुक्रबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको प्रेस मिटलाई सम्बोधन गर्दै पार्टीको निर्वाचन निर्वाचन समितिलाई थाह हुने भन्दै पन्छिएका हुन् । 

प्रत्रकारले कैलालीसहित केही जिल्लामा पार्टीको निर्वाचन हुन सकेको छैन भनी सोधिएको प्रश्नको जवाफमा देउवाले भने, 'पार्टीको निर्वाचन ? त्यो त निर्वाचन समितिलाई थाह हुन्छ। त्यो त मलाई थाह हुँदैन। पार्टीको निर्वाचन समितिलाई थाह हुन्छ।'

कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पटकपटक सर्दै आएको छ। यसबारेको प्रश्नमा देउवाले निर्वाचन समितिकै भर पर्ने कुरा उल्लेख गरे।

यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हुबहु पास हुने बताएका छन् । एमसीसी के हुन्छ प्रधानमन्त्रीज्यू ? सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा देउवाले भने, 'एमसीसी पास गर्ने हो।'

संशोधन हुन्छ कि हुबहु ? भन्ने प्रश्नमा देउवाले अनुदानजस्तो कुरामा अलमल गर्न नहुने उल्लेख गरे। 'वर्ल्ड बैंक छ नि। एडिबी छ। उनीहरुलाई नेपालको कानुन लागू हुँदैन। अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ,' उनले भने, 'तर एमसीसी त अनुदान हो। नेपालको कानुनभन्दा तल हो भनेर उनीहरुले भनिसके। अनुदानजस्तो कुरामा किन नलिने ?'

देउवा मन्त्रीहरुको टोली लिएर बिहीवार सुदूरपश्चिमको बाढीपहिरो ग्रस्त क्षेत्र निरीक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ।