१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकालु बेश क्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु



अ+ अ-

संखुवासभा । मकालु बेश क्याम्प घुम्न गएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुका धरणीधर घिमिरे रहेका छन् । 

मकालु बेश क्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । घिमिरे श्रीअन्तुका शिक्षक तथा होमस्टे व्यवसायी समेत रहेको बताइएको छ । 

मकालु गाउँपालिका–२ याङ्लेखर्कमा पुगेपछि घिमिरेलाई स्वास्थ्य समस्या देखिको थियो । स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको आफन्तले जानकारी दिए।