१५ असार २०८३, सोमबार
,
Latest
विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी गरेको अभियोगमा १ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

रौतहट । अबैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा बौधीमाई नगरपालिका-१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाललाई ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । 

कोभिड-१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग बिकेशले नगद ३ हजारर३ हजार ३ सयका दरले अबैध रुपमा पैसा उठाई ठगी गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले सोही बैंकको गेट अगाडिबाट उनलाई फेला पारी जाँच गर्ने क्रममा झोलाभित्रबाट आपराधिक लाभ (एक्सटर्सन) लिने मनसायले ठगी गरेको उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।