१५ असार २०८३, सोमबार
,
Latest
यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछः बाइडेन



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले त्यसको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

ह्वाइटहाउसको टाउनहलमा ताइवानलाई अमेरिकाले रक्षा गर्छ भन्‍ने प्रश्‍नको जवाफमा राष्ट्रपति बाइडेनले भने, 'हो, हामी ताइवानको रक्षा गर्न प्रतिबद्ध छौं।'

तर, ह्वाइटहाउसका प्रवक्ताले भने चीनप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने बताएको केही अमेरिकी सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

ताइवानले पनि चीनप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नगर्ने प्रतिक्रिया दिएको छ। 

अमेरिकी राष्ट्रपति बाइडेनले आफूलाई चीनसँगको संघर्षको चिन्ता नभएको बताएका छन्। उनले भने, 'मानिसहरुलाई चीन बढी बलियो हुँदै गइरहेको छ भन्‍ने कुराको पनि चिन्ता लिन जरुरी छैन।' 

राष्ट्रपति बाइडेनले थपे, 'चीन, रुस र बाँकी दुनियाँलाई थाहा छ कि हामीसँग विश्वकै सबैभन्दा शक्तिशाली सेना छ। जब ताइवानको रक्षाको कुरा आउँछ, अमेरिकाले रणनीतिक अस्पष्टताको स्थिति राखेको छ।' 

चीनले जानीबुझी ताइवान मामिलामा अस्पष्ट रहेको र स्वतन्त्रता प्रदान गर्न बाध्य भएको उनले बताए। बीबीसी