१५ असार २०८३, सोमबार
,
Latest
विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट : डोल्पा सडक अवरुद्ध, बीचबाटोबाटै फर्किए पर्यटक



अ+ अ-

जाजरकोट । डोल्पा सडकको रुकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । रुकुम ९पश्चिम०मा पर्ने त्रिवेणी बजार र डोल्पामा दुई स्थानमा गएको सुक्खा पहिराले यहाँको यातायात ठप्प भएको हो । 

करिब एकसय मिटर माथिबाट खसेको पहिराका कारण डोल्पा जाने र आउने सवारीसाधनहरु ठप्प भएका हुन् । मङ्गलबारदेखि रुकुम पश्चिमको अनाहदेखि छुटेका मालवाहक ट्र्याक्टर, साना ट्रकहरु सडकका दुई किनारामा रोकिएर राखिएको छ । पहिराका कारण दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको जुफालका स्थानीय व्यापारी खीमबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मूल ठाउँमै पहिरो खसेकाले चामल, नुन, तेललगायत सामग्रीहरु भित्र्याउन सकिएको छैन, बजारमा भने मौज्दात खाद्यान्न सकिने बेला भएको छ ।” सडक खुलाउने बारेमा सडक डिभिजन चौरजहारीले कुनै चासो नदिएको सिंहले बताउनुभयो । यता डिभिजन प्रमुख ध्रुव झाले आफूलाई जानकारी नै नआएको बताउनुभयो । 

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी सडकखण्डमा सर्वसाधारणहरु ज्यानको बाजी थापेर यात्रा गर्न बाध्य छन् । त्रिपुरासुन्दरी नगरपालिका–५ का स्थानीयवासी मोतिप्रसाद उपाध्यायले भन्नुभयो, “मूल सडकमा पहिरो गएको छ, जिल्ला आउने र बाहिरिने अर्को कुनै वैकल्पिक सडक छैन, त्यसकारण पनि सर्वधारणहरु जोखिम लिएरै यात्रा गर्न बाध्य छन् ।” त्रिपुरासुन्दरी नगरपालिका आफैँसँग डोजर छ, पहिरो गएको तीन दिन बितिसक्दा पनि डोजर पठाएको छैन ।

कच्ची सडक र झोलङ्गे पुलका कारण डोल्पासम्म पुग्ने सडक जोखिमयुक्त भएकाले सुधार गर्नुपर्ने फोक्सुण्डो ताल जान हिँडेका गुल्मी तम्घासका आन्तरिक पर्यटक श्याम क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो “डोल्पा पर्यटकीय हिसाबमा अत्यन्तै सुन्दर छ, त्यही भएर पनि स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको छ तर करोपगार्डसम्म कसरी ज्यान जोगाएर आइपुगियो सम्ँझिदा आफैँलाई डर लाग्छ ।”

करोपगार्डमा खसिरहेको पहिराका गन्तव्यमा पुग्न नसकेपछि फोक्सुण्डो नहेरी पर्यटकहरु बीचबाटोबाटै फर्कन थालेका छन् । उपयुक्त मौसम पारेर डोल्पा आइपुगेका काठमाडौँ, गुल्मी, बुटवल, पाल्पालगायतबाट मोटरसाइकलमा आएका आन्तरिक पर्यटकहरु पहिराले अगाडि बढ्न नसकेपछि बीच बाटोबाटै फर्किएको स्थानीयवासी पौरख रोकायले बताउनुभयो । रासस