१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानमा खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु



अ+ अ-

सल्यान । अविरल वर्षातपछि खोलामा आएको बाढीले बगाएर सल्यानमा एक पुरुषको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो खेतमा लगाएको धान हेर्न जाने क्रममा माझकाँडा खोलाले बगाउँदा बन्गाड कुपिण्डे नगरपालिका–११ माझकाँडाका ६० वर्षीय लिले बुढाको मृत्यु भएको हो ।

खोला तर्ने क्रममा बगेका उनी खोलादेखि २०र२५ मिटर तल मृत अवस्थामा भेटिएका थिए । 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।