मनाङ । फिल्म उचाईको सुटिङका लागि नेपालमा आएकी बलिउड अभिनेत्री परिणिती चोपडाले आज जन्मदिन मनाएकी छिन् ।
आजदेखि ३३ वर्षमा लागेकी परिणितीले केक काटेर फिल्मको टिमसँग जन्मदिन मनाएकी हुन् ।
उनी हाल हिमाली जिल्ला मनाङमा छिन् । उनी अझै केही समय नेपालमै रहनेछिन् ।
परिणिती चोपडाको जन्मदिन मनाउदै गरेको भिडियो अभिनेता अनुपम खेरले सामाजिक संजालमा पोस्ट गरेका छन् ।