१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात किलो चरेशसहित महिला पक्राउ



अ+ अ-

कलैया । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको थियो । 

बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।