१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलम्बुकाे चनौटेमा बेलिब्रिज निर्माण सुरु



अ+ अ-

सिन्धुपाल्चाेकः बाढीले क्षति पु¥याएको हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ । गत साउन १७ गते गतेको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए ।

अर्थ मन्त्रालयले बेलिब्रिज निर्माणका लागि भदौ २० गते बजेट निकासा गरेपछि नेपाली सेनामार्फत शुक्रबारबाट बेलिब्रिज निर्माण थालिएको हो । पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको वडा १, २ र ३ पाँचपोखरी थाङपाल गाउँपालिकाको १ र २  मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक प्रयोगबाट वञ्चित थिए ।
 
बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले रु ९० लाख ५३ हजार निकासा गरेको छ । पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको तिम्बु, मेलम्ची घ्याङ तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोतेलगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । हाललाई चनौटेस्थित रातो पुल रहेको ठाउँमा भने हिमपाइप राखी गाउँपालिकाको केन्द्र किउलसम्म यातायात सञ्चालनमा आएको पनि अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । रासस