२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कमजोर होइन, एकीकृत भएर झनै बलियो भएको छः उपमहासचिव पौडेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमालेको मतको अपमान गर्नेहरु पार्टीबाट बाहिरिएको बताउनु भएको छ । 

नेकपा एमाले ललितपुर महानगरपालिका वडा नं १८ को अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले केही स्वार्थी तत्वहरु बाहिरिएपछि पार्टी शुद्धीकरण भएको बताउनुभयो । 

अनुशासनहीन र अराजक हिसाबले पार्टी सञ्चालन हुन नसक्ने भन्दै उहाँले अब एमाले एकलै बहुमत ल्याउने हिसाबले अघि बढ्ने  जानकारी गराउनु भयो । 

उहाँले भन्नुभयो, एमाले कमजोर भएको छैन, शरीरको केही मैलो मात्र गएको हो, आत्तिनु पर्ने अवस्था छैन । अहिले पनि एमाले कमजोर पार्ने खेल भइरहेको भन्दै उहाँले आफू बलियो बने अरुले कमजोर पार्न नसक्ने बताउनु भयो ।

नेता पौडेलले संगठनलाई व्यवस्थित र गतिशील बनाउँदै जनतासँगको सम्बन्धलाई जीवन्त बनाउने अभियानमा आफूहरु रहेको उल्लेख गर्दै जनताको मन जित्ने काम गर्न निर्देशन दिनुभयो । 

वर्तमान सरकार निर्माण कसरी भएको भन्ने कुराको भेदहरु खुल्दै गएको उल्लेख गर्दै उहाँले यो सरकारले केही पनि गर्न नसक्ने बताउनुभयो । एमाले केही समयका लागि मात्र सिंहदरबारबाट बाहिरिएको र फेरि जनताको मत सहित बहुमत लिएर सरकार चलाउने उहाँले जिकिर गर्नुभयो ।