२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्रीद्वारा प्रजातन्त्रवादी लेखक अंक विमोचित



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिवपुरी सन्देश पत्रिकाको प्रजातन्त्रवादी लेखक अंक  एक समारोहमा विमोचन गर्नुभएको छ । 

उक्त कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीको नियात्रासंग्रह 'शनै:शनैस' यात्रामाूको पनि विमोचन गरिएको थियो ।

मन्त्री कार्कीले प्रजातन्त्रवादी लेखक अंकबाट देशको प्रजातन्त्रको वास्तविक अवस्था बुझ्न सहज हुने कुरो बताउनुभयो भने स्रष्टा वियोगी बुढाथोकीलाई थुप्रै कृतिहरू प्रकाशन गर्न शुभकामना पनि दिनुभयो ।

कार्यक्रममा वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेले नेपाली साहित्यमा शिवपुरी सन्देश पत्रिका र स्रष्टा वियोगी बुढाथोकीको योगदानको चर्चा गर्नुभएको थियो ।

यस्तै समीक्षकद्वय अनुपमा रेग्मी र सविता विमलीले विमोचित नियात्रासंग्रहको चिरफार गर्नु भएको थियो भने समीक्षक राजकुमार बानियाले ठट्यौली पारामा कृति र कृतिकार बुढाथोकीको योगदान र स्वभावको बारेमा आफ्ना विचारहरू राख्नुभएको थियो ।

प्रा.डा. कुमारप्रसाद कोइरालाले सभापतिको आशनबाट कस्ता लेखकहरूलाई प्रजातन्त्रवादी भन्ने  बारेमा आफ्नो गहन टिप्पणी राख्नुभएको थियो । 

स्रष्टारसम्पादक वियोगी बुढाथोकीले शिवपुरी सन्देशलाई आफ्नो जीवनकालमा १०० अंक पुर्याउने र शिवपुरी सन्देशलाई पुस्तान्तरण गर्ने धोको रहेको जानकारी दिदा सभाहल भावुक बनेको थियो ।

बाबू त्रिपाठीले रोचक तरिकाबाट सञ्चालन गरिएको कार्यक्रममा १४५ स्रष्टा र साहित्यानुरागीहरूको उपस्थित थियो ।