२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीलाई बलियो बनाउन गुटको अन्त्य गरौँः नेता केसी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । 

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता केसीले कांग्रेस भित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्ने बताउनुभयो । “नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुन्छ”, उहाँले भन्नुभयो । महाधिवेशनमा आफ्नो मतको सही सदुपयोग गर्न केसीले आग्रह गर्नुभयो ।   

लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा नेता केसीले जोड दिनुभयो । कांग्रेसभित्र हार्नेले जित्नेको सम्मान गर्ने वातावरण निर्माण गरे मात्र पार्टी बलियो हुने उहाँको भनाइ थियो । 

कांग्रेस नुवाकोटका सभापति केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा देखाउन नहुने बताउनुभयो । पार्टीलाई बचाउने जिम्मा आम कार्यकर्ताको भएको उहाँको भनाइ थियो । सभापति केसीले पार्टीलाई एकजुट भएर अगाडि बढाउनुपर्ने कुरमा जोड दिँदै निर्वाचनमा सक्षम व्यक्तिलाई टिकट उपलब्ध गराउनुपर्ने उल्लेख गर्नुभयो ।