अबुधाबीः यस वर्षको आइसिसी टी२० क्रिकेट विश्वकपको महाकुम्भ शुरु भएको छ । सुपर १२ मा सहभागी १२ राष्ट्रका टोलीबीच यो प्रतियोगिता हुँदैछ ।
समूह चरणको यस प्रतियोगिता अन्तर्गत आज पहिलो खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भइरहेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले खराब शुरुआत गरेको छ ।
अफ्रिकाले ८ ओभरमा महत्वपूर्ण चार विकेट गुमाउँदै ४६ रन बनाएको छ । अफ्रिकाका टेम्बा बाभुमा १२, क्विन्टन डि कक ७, हेनरिक भान डर डुसेन २ तथा हेनरिक क्लासेन व्यक्तिगत १३ रन बनाएर आउट भएका छन् ।
अहिले क्रिजमा एडेन मारकरम र डेभिड मिलर छन् ।
अस्ट्रेलियाका लागि जस हेजलवुडले २, ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १/१ विकेट लिएका छन् ।