१५ असार २०८३, सोमबार
,
Latest
विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० विश्वकप क्रिकेटः अस्ट्रेलियाको विजयी शुरुआत



अ+ अ-

अस्ट्रेलियाले टी२० विश्वकप क्रिकेटमा विजयी शुरुआत गरेको छ । अबुधाबीमा भएको खेलमा अस्ट्रेलियाले चिरप्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्यो ।

टस जितेर पहिले फिल्डिङ रोजेको अस्ट्रेलियाले राम्रो बलिङ गर्दै दक्षिण अफ्रिकालाई ११८ रनमै रोकेको थियो । अस्ट्रेलियाली बलरहरुले कसिलो बलिङ गरेका कारण अफ्रिकाले ९ विकेटको क्षतिमा ११८ रन मात्र बनाउन सकेको थियो ।

अफ्रिकाका लागि एडेन मारकरमले सर्वाधिक ४० रन बनाएका थिए । अन्य सबै ब्याट्सम्यान सस्तैमा आउट भएका थिए ।

जितका लागि ११९ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले २ बल बाँकी छँदै पाँच विकेट गुमाएर १२१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र स्टिभन स्मिथ तथा म्याथ्यु वेड र मार्कस स्टोइनिसबीच भएका दुई साझेदारीले लक्ष पछ्याउन सहज भएको थियो ।

अस्ट्रेलियाका लागि स्टिभन स्मिथले ३५, मार्कस स्टोइनसले अविजित २४, म्याथ्यु वेडले अविजित १५ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाले पनि अस्ट्रेलिया विरुद्ध राम्रो बलिङ र क्षेत्र रक्षण गरेर अस्ट्रेलियामाथि दबाब बनाएको थियो तर अन्तिम जोडी स्टोइनिस र वेडले खेललाई आफ्नो पक्षमा पारेका थिए ।

आजै साँझ वेस्ट इन्डिज र इङल्यान्ड बीच खेल हुँदैछ । टस जितेर इङल्यान्डले वेस्ट इन्डिजलाई ब्याटिङका लागि आमन्त्रण गरेको छ । दुई ओभरको खेलमा वेस्ट इन्डिजले २ विकेट गुमाएर ९ रन मात्र जोड्न सकेको छ । क्रिजमा अहिले क्रिस गेल खेलिरहेका छन् । एजेन्सी