१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै



अ+ अ-

काठमाडौं । सरकारले आज र भोलि ७५३ वटै स्थानीय तहमा बालबालिकाका लगि भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए  र जुकाको औषधि यसपटक दशैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।

बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।