१५ असार २०८३, सोमबार
,
Latest
विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै



अ+ अ-

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभामा शुक्रबार पेश भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा आज मत विभाजन हुने भएको हो।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार आइतबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा मत विभाजनको प्रकृया अगाडि बढ्ने भएको हो । 

नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम मुख्यमन्त्री आचार्यले पेश गरेका प्रस्तावमाथि छलफल तथा मत विभाजन हुने पराजुलीले बताए।

एमालेको एकल बहुमत भएको दाबीसहित गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि राईकै प्रस्तावमा आचार्य मुख्यमन्त्री बनेका थिए। तर‚ एमालेका १० जना सांसद नेकपा एकीकृत समाजवादीमा गएपछि उनी स्पष्ट अल्पमतमा छन्।

९३ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। एमालेसँग ४१ जना सांसद मात्रै छन्। नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १० र जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक जना सांसद छन्।