२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमलले मच्छिन्द्रबाट ‘ए’ डिभिजन लिग खेल्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका सदस्य बिमल घर्तिमगरले ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी बिमलको सम्झौता नवीकरण गरिएको मच्छिन्द्र क्लबले जनाएको हो ।

फरवार्ड बिमलले यसअघि गत सिजन पनि मच्छिन्द्रबाट लिग चरणका केही खेलहरु खेलेका थिए । 

यो सिजनको ‘ए’ डिभिजन लिग फुटबल कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

नेपालका लागि २६ खेल खेलिसकेका बिमलले गत वर्ष प्रशिक्षणका क्रममा घाइते भएपछि लामो समय मैदान बाहिर रहेका थिए ।

विमलसँगै मछिन्द्रमा सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देभेन्द्र तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, मनिष डांगी, गोलरक्षक विशाल श्रेष्ठले पनि खेल्दैछन् ।