१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमलले मच्छिन्द्रबाट ‘ए’ डिभिजन लिग खेल्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका सदस्य बिमल घर्तिमगरले ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी बिमलको सम्झौता नवीकरण गरिएको मच्छिन्द्र क्लबले जनाएको हो ।

फरवार्ड बिमलले यसअघि गत सिजन पनि मच्छिन्द्रबाट लिग चरणका केही खेलहरु खेलेका थिए । 

यो सिजनको ‘ए’ डिभिजन लिग फुटबल कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

नेपालका लागि २६ खेल खेलिसकेका बिमलले गत वर्ष प्रशिक्षणका क्रममा घाइते भएपछि लामो समय मैदान बाहिर रहेका थिए ।

विमलसँगै मछिन्द्रमा सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देभेन्द्र तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, मनिष डांगी, गोलरक्षक विशाल श्रेष्ठले पनि खेल्दैछन् ।