१० असार २०८३, बुधबार
,
Latest
कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षणको पखाईमा मल्लकालीन सभ्यताको प्रतिक ढुंगेधाराहरु (फोटो फिचर)



अ+ अ-

काठमाडौ । मल्लकालीन सभ्यताको प्रतिक मानिने ढुंगेधारा काठमाण्डौ उपत्यका पर्याय मानिन्थ्यो । केहि वर्ष अघिसम्म पानी बगिरहेका ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन् ।

काठमाण्डौ क्षेत्रका एक दुई स्थानका बाहेक ढुंगेधारा हराइसकेका छन् । भक्तपुरमा संरक्षणको अभियान थालिएको छ । यता पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन् ।

ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै जाँदा यी ढुंगेधाराहरु सुक्न थालेका हुन् । बढ्दो शहरीकरणका कारण घर लगायतका संरचनाहरु बन्दै जाँदा पानी बग्ने र जमिन मुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीयहरु बताउछन् । वर्षा याममा मात्रै पानी झर्ने यी ढुंगेधाराहरु पानी बग्ने ठाँउ नपाउदा पनि कुरुप बन्दै गएका छन् ।

यसैक्रममा काठमाण्डौ उपत्यकाको ढुंगेधाराहरुको अवस्था खोज्ने क्रममा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरुले पाटन क्षेत्रमा संकलन गरेको ढुंगेधाराहरुको तस्वीरहरु –