१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : लेस्टर र वेस्टह्याम विजयी, टोटेनह्याम पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी र वेस्टह्याम विजयी भएका छन् । लेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै लेस्टरले ९ खेलबाट १४ अंक जोड्दै लिगको नवौं स्थानमा उक्लेको छ भने बेन्टफोर्डले ९ खेलबाट १२ अंक जोडेर १२ औं स्थानमा झरेको छ । पहिलो स्थानमा रहेको चेल्सीको ९ खेलबाट २२ अंक जोडेको छ ।

लेस्टरका लागि योरी टेलिमेन्सले १४औं र जेम्स म्याडिसनले ७३औं मिनेटमा गोल गरेका थिए । ब्रेन्टफोर्डका लागि ६० औं मिनेटमा एक गोल गरी टिमलाई बराबरीमा ल्याएका थिए । तर ७३ औं मिनेटमा म्याडिसनले गरेको गोलको मद्दतले लेस्टरले खेल जितेको थियो ।

आइतबार राति नै भएको अर्को खेलमा टोटेनह्याम हस्परलाई वेस्टह्याम युनाइटेडले १–० गोल अन्तरले पराजित गरेको छ । वेस्टह्यामका लागि एक मात्र गोल मिखाइल एन्टोनियोले ७२ औं मिनेटमा गरेका थिए ।

यो जितसँगै वेस्टह्यामले ९ खेलबाट १७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ भने टोटेनह्याम ९ खेलबाट १५ अंक सहित छैटौं स्थानमा झरेको छ ।

आज राति म्यान्चेस्टर युनाइटेड र लिभरपुलबीच खेल हुँदैछ । एजेन्सी