२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाहको ह्याट्रिकसँगै म्यान्चेस्टर युनाइटेड ५–० गोलले पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको अन्तिम खेलमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडलाई स्तब्ध बनाएको छ ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको यस प्रतियोगितामा लिभरपुलले युनाइटेडमाथि ५–० गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा लिभरपुलका प्रतिभावान खेलाडी मोहम्मद सलाहले तीन गोल गरी ह्याट्रिक पूरा गरेका थिए ।

सलाहले ३८औं, पहिलो हाफको इन्जुरी समय र ५०औं मिनेटमा गोल गरेका थिए । तर लिभरपुलका लागि गोलको खाता नाबी केइटाले पाँचौं मिनेटमै गरेका थिए । अर्को गोल डिएगो जोटाले १३ औं मिनेटमा गरेका थिए ।

अर्थात् लिभरपुलले पहिलो हाफमै युनाइटेड बिरुद्ध चार गोल गरिसकेको थियो ।

दबाबमा परेको युनाइटेडका खेलाडीमा निराशा छाएको थियो । सोही कारण युनाइटेडका खेलाडीहरुले एक पछि अर्को फल खेलेका थिए । खेलको ६०औं मिनेटमा पल पोग्बाले लिभरपुलकै डिबक्स नजिक नबी केइटालाई नराम्रोसँग लडाएपछि रातो कार्ड पाएका थिए ।

यो जितसँगै लिभरपुलले ९ खेलबाट २१ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लेको छ भने म्यान्चेस्टेर युनाइटेडले ९ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा झरेको छ । पहिलो स्थानमा रहेको चेल्सीको ९ खेलबाट २२ अंक छ ।

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएका खेलमा लेस्टर सिटी र वेस्टह्याम विजयी भएका छन् । लेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ भने टोटेनह्याम हस्परलाई वेस्टह्याम युनाइटेडले १–० गोल अन्तरले पराजित गरेको छ ।