काठमाडौँ । ह्याम्स अस्पताल का अध्यक्ष राम शरण भण्डारीलाई अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधि प्रदान गरिएको छ । नेपालको नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रशंसनीय कार्य गरेबापत उनलाई सो उपाधि प्रदान गरिएको हो ।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित समारोहमा फ्रान्सको राजधानी पेरिसमा सञ्चालित युरोपियन इन्टरनेसनल युनिभर्सिर्टीले भण्डारीलाई सो उपाधिले सम्मान गरेको हो । फेब्रुअरी २५ , २०२२ शुक्रबार को दिन थाइल्यान्डको बैंककमा आयोजित एक समारोहकावीच उहाँलाई उक्त अवार्ड प्रदान गरिएको थियो।