१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणाले बेञ्च तोके बहिष्कार गर्ने अन्य न्यायाधीशको तयारी



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको कार्यशैली बिरुद्ध उभिएका सर्वोच्च अदालतका १४ जना न्यायाधीशले आफूहरुलाई इजलास तोके त्यस्ताे इजलास बहिष्कार गर्ने तयारी गरेका छन् ।

प्रधानन्यायाधीश राणा बिरुद्ध संगठित भएका न्यायाधीशहरुले आज अदालत खुलेसँगै बेञ्च नतोक्न आग्रह गर्ने अन्यथा बहिष्कार गर्नेसम्मको तयारी गरेको एक न्यायाधीशले न्युजपोलारलाई जानकारी गराए ।

उनले भने, "प्रधानन्यायाधीशले विभिन्न विषयमा छलफल गर्न भन्दै सर्वोच्चको पूर्ण बैठक बोलाउनु भएको छ, हामी त्यो छलफलमा जाँदैनौ र त्यो बैठक पनि हामीसँग सल्लाह गरेर डाकिएको होइन ।"

प्रधानन्यायाधीश राणाले बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय न्यायाधीशहरूले गरेसँगै प्रधानन्यायाधीशमाथि राजीनामा दिन थप दबाब परेको छ ।