१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा एक लाख डोज फाइजर खोप आउँदै



अ+ अ-

काठमाडौं । नेपाल सरकार एक लाख फाइजर खोप पाउने भएको छ । अमेरिकाले नेपाललाई प्रदान गर्न लागेको एकलाख ६२० मात्रा फाइजर खोप आज आइपुग्ने भएको हो । 

नेपालका लागि अमेरिकी दूतावासले आइतवार ट्वीट् गर्दै खोप नेपाल आउने जानकारी दिएको छ। खोप बिहान ९ बजे त्रिभुवन विमानस्थल आइपुग्ने बताइएको छ।

यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो।