२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आइपुग्यो कोरोनाविरुद्धको फाइजर खोप



अ+ अ-

काठमाडौं । कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।

कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप नेपाल आएको पहिलोपटक हो । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले फाइजर खोप अहिले थोरै मात्रामा आएकाले  १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने बताए । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखाका अनुसार आज आएको फाइजर खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरेर राखिने छ ।

अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ । त्यो खोप आएपछि बालबालिकालाई पनि लगाइने सरकारको तयारी छ ।