१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा



अ+ अ-

काठमाडौं । फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ । फिल्म क्षेत्रका बिभिन्न व्यक्तिहरुको शुभकामना सहित आउने भाद्र ३ गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको हो ।

निर्माण टिमले सार्वजनिक गरेको भिडियो नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतका ब्यक्तिहरुले फिल्मलाई दिएको शुभकामना सहित प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणामा केही फरक पन दिएको हो ।

यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

यस अघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो ।