१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी अधिकृतको नाममा खेल मैदान निर्माण, डेलिगेट भण्डारीलाई सम्मान



अ+ अ-

मेरिल्याण्ड । आफनो कर्तव्य पालना गर्दा गर्दै जीवन गुमाउन पुगेकी प्रहरी अधिकृत एमि क्याप्रिओको सम्मानमा र स्मरणमा स्थानीय स्कूलको मैदानमा एक युनिटी खेलमैदान निर्माण सम्पन्न भएको छ । 

उक्त खेल मैदान निर्माणको लागि स्थानीय समुदायले माग गरे बमोजिम डेलिगेट हयारी भण्डारीले अरु सहकर्मी निर्वाचित प्रतिनिधीहरुसँग समन्वय गर्दै राज्यको बजेट ल्याउन पहल, समन्वय र विल पेश गर्नु भएको थियो । 

प्रहरी अधिकृत एमिको सम्झनामा निर्माण गरिएको खेल मैदानको शनिबार एक समारोह बीच उद्घाटन गरिएको छ । उक्त खेल मैदान उद्घाटन समारोहमा निर्वाचित प्रतिनिधीहरु क्याथी क्लाजमायर, हयारी भण्डारी, कार्ल ज्याक्सन, जोसेफ वोटलर, काउन्टी एक्जिुकेटिम जोनी ओ ओल्जस्की र प्रहरीका उच्च पदस्थ अधिकारीहरु, स्थानीय नागरिक तथा स्कुलका कर्मचारीहरु सहभागी भएका थिए । 

सन् २०१८ को मे महिनाको २१ तारिखको दिन कर्तव्यपरायण गर्दा गर्दै जीवन गुमाउन पुगेकी प्रहरी अधिकृतको नाममा काम गर्नका लागि स्थानीय वासिन्दाहरु क्रिष्टन रोलर र स्कटले पटक पटक डेलिगेट भण्डारीको स्थानीय कार्यालय र हाउस रहेको स्थान एनापोलिसको कार्यालयमा समेत अनुरोध गरेका थिए । 

भण्डारी सम्मानित दिवंगत प्रहरी अधिकृतको नाममा काम गर्न स्थापित अफिसर क्याप्रिओ प्ले ग्राउण्ड प्रोजेक्टले डेलिगेट भण्डारीलाई अभिनन्दन समेत गरेको छ । भण्डारीलाई प्रदान गरिएको अभिनन्दन पत्रमा भनिएको छ – तपाई यो प्रोजेक्टको लागि खेल्नु भएको भूमिका र अतुलनीय सहयोग लागि र प्रोजेक्ट सञ्चालनको लागि देखाउनु भएको सदाशयता र ऊर्जाको लागि यो प्रशंसा पत्र प्रदान गरिएको छ । तपाई बिना यो हामीले निर्माण गर्न सक्ने थिएनौँ ।
 
भण्डारीले आफ्नो डिष्ट्रिकको सामाजिक, आर्थिक, सामरिक महत्व वोकेका विभिन्न आयोजनाहरुको निर्माणका लागि बजेट ल्याउन पहल गरिरहनु भएको छ । यसरी प्रस्ताव गरिएका आयोजनाहरु मध्ये कतिपय सम्पन्न भईसकेका छन् भने कतिपय आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् ।