पाँचथर । पाँचथरमा बस दुर्घटना हुँदा ६४ जना घाइते भएका छन् ।
फिदिम–यासोक सडक खण्डअन्तर्गत सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस आज करिब साढे ११ बजे फिदिम–४ सरखण्डेमा दुर्घटना हुन पुगेको हो ।
दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
उनीहरुको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।