१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बारद्वारा प्रधानन्यायाधीशको राजीनामा माग



अ+ अ-

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गरेको छ ।

बारको सोमबार बसेको बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकाल्दै राजीनामा मागेको हो ।

बारको बैठकले सत्तारुढ गठबन्धनसँग राजनीतिक भागबण्डा खोजेको, न्यायालय सुधारका लागि पहल नगरेको, पेशी तोक्दा न्यायिक मान्यता उल्लघंन गरेको जस्ता आरोप लगाउँदै प्रधानन्यायाधीश राणाले राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ ।