काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले इरानसँग हार ब्यहरोरेको छ ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुग्यो ।
जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अंक जोडेको छ । इरान समूहको शीर्ष स्थानमा रहेको छ ।