१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ तिन दिनको मौसम पूर्वानुमान ?



अ+ अ-

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहने जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू(भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू(भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ । पहाडी भू(भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।