१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

खप्तडबाट न्यायाधीश सिन्हा र सपनाको सन्देश



अ+ अ-

काठमाडौँ। अदालत भित्र रमिता भइरहेको समयमा पूर्वकार्यतालिका अनुसार खप्तडक्षेत्रको भ्रमणमा रहनु भएका न्यायाधीशहरु अनिल कुमार सिन्हा र सपना प्रधान मल्ल प्रधानले सामूहिक रुपमा माननीयहरुले गर्ने निर्णयमा आफुहरुको सहमति रहने जनाउनु भएको छ ।

खप्तडक्षेत्रबाटै एक आफ्नो भनाई सार्वजनिक गर्दै न्यायधीस सिन्हा र मल्लले न्यायपालिका प्रति जनआस्था स्खलित भएकोले माननीयहरुले गर्ने निर्णय प्रति आफूहरुको समर्थन रहने जनाउनु भएको हो ।

उहाँहरुले पठाउनु भएको सन्देश :

माननीय श्रीमानहरु,  

हामीहरु करिव दुई महिनाको तयारी पछि परिवार सहित खप्तडको लागि प्रस्थान गरे पश्चात त्यहॉ  नयॉ परिस्थिति  सृजना भएको मा खत्तड क्षेत्रबाट संचारको समस्या को कारण प्रत्यक्ष सम्पर्कमा रहन नसकेको अवस्था छ ।

न्यायपालिका लामों समय देखि अनपेक्षित  विवादबाट गुज्रनु अनपेक्षित थियो । तलका अदालतमा समेत देखिएका नियुक्ती लगायतका असन्तुष्टिहरु र सर्वोच्च अदालतमा न्यायसम्पादन समेतमा  देखिएका समस्याहरु आन्तरिक रुपमा नेतृत्वको पहलमा निकास निकाली समाधान गर्न सकारात्मक पहल हुनु आवश्यक थियो, तर सार्वजनिक रुपमै न्यायपालिका प्रति जनआस्था स्खलित भएको आजको गम्भीर अवस्थामा हामी आफै तत्काल काठमाण्डौ पुग्न नसक्ने आवस्थामा सामूहिक रुपमा माननीयहरु हरुले गर्ने  निर्णयमा हाम्रो साथ र समर्थक रहेको व्यहोरा जानकारी गराएका छौं ।

अनिल कुमार सिन्हा
सपना प्रधान मल्ल