२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्वयुवराज सङ्ग भेटेपछि कमेडियन भरतमणिले भने ‘उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ’



अ+ अ-

काठमाडौं । नेपाली हाँस्य रियालिटी शो कमेडी च्याम्पियन सिजन-२ को उपाधी जितेका भरतमणि पौडेलले पुर्वयुवराज पारस शाह सङ्ग भेट्घाट गरेका छन् । पुर्वयुवराज पारस शाहलाई भेट्न कमेडियन भरतमणि पौडेल र अर्का कमेडियन सुमन कोईराला दरबारमार्गको शेर्पा मलमा पुगेका हुन् ।

उनीहरुबिच करिब एक घण्टा लामो भेटघाट भएको कमेडियन पौडेल आफैले बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफुहरु बिच रमाइलो गफगाफ भएको बताएका छन् । त्यस्तै उनले आफु पुर्वयुवराज पारस शाहको पहिलैबाट शुभचिन्तक भएको तर भेटघाट पछि झन ठूलो प्रसंशक भएको पनि बताएका छन् ।  उनले थप्दै लेखेका छन् 'साच्चैनै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ । '

भरतमणि कमेडी च्याम्पियन सिजन २ मा हुँदा सुरुवातदेखि नै निकै चर्चामा आएका कमेडियन थिए । एमाले नेता गोकुल बास्कोटाको मिमिक्री गरेर चर्चामा आएका उनले कमेडी च्याम्पियनको श्रीङ्खलामा पूर्वयुवराज पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिएपछि झनै चर्चामा आएका थिए ।

भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको मिमिक्री पनि हुबहु गर्छन् । 

कमेडियन भरतमणि पौडेलको स्ट्याटस् : 

''नमस्ते ! एकदमै खुसी छु केही दिन अघि पुर्वयुबराज पारस शाह सङ्ग भेट्घाट गर्ने अवसर मिल्यो , उहालाइ भेट्न म र Suman Koirala दरबारमार्गको शेर्पा मलमा गएका थियौ, लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाको शुभचिन्तक थिए भेटघाट पछि झन ठूलो प्रसंशक भए , साच्चैनै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाइ धेरै धेरै धन्यवाद ।''